tags

Best जोदिन्छ्दुखमासाथयो Shayari, Status, Quotes, Stories

Find the Best जोदिन्छ्दुखमासाथयो Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos.

  • 1 Followers
  • 1 Stories
  • Video
  • Latest
  • Popular
#जोदिन्छ्दुखमासाथयो  उषाको चम्किलो हिडे म सपना बोकेर
गोधुलीमा अस्ताउनु पर्ने रैछ, यहाँ हेर।
नगर्नु त्यो लोभ, यहाँ ,नगर्नु त्यो लालच,
माथी छन ती देख्ने सबै संसार पालक।

डुलि हिड्छु म खोज्दै खाएको त्यो कसम,
अन्जान यो ठाउमा आज आइपुगे म।
शहर छ यो ठूलो, सबै देख्छु यहाँ  पराइ,
आ- आफ्नै पिडामा बसेका छन रोइ कराइ।

म हुं एक फिरन्ते डुलिहिड्ने यो धर्तिको,
सम्झी हिड्छु सधैं, ठुलाका ती अर्तिको।
भन्थे पराइ देश हुन्छ, पराइ हुन्छ संसार
बोध भयो आज जिवनको यो सार।

उत्तम छ त्यो गर्नु, ती दुखी को भलाइ,
लग्यौ कि कसैले मर्दा सुनका थैला कमाइ?
चिहान एउटै छ साथी! डढ्ने त्यही घाट हो,
साथी छ उत्तम, जो दिन्छ दुखमा साथ यो।

#जोदिन्छ्दुखमासाथयो जो दिन्छ दुखमा साथ यो

33 View