Prabin Chhettri

Prabin Chhettri

  • Latest
  • Popular
  • Video
#sad_quotes #Quotes  White सक्दिन म त्यो उपहार दिन

जुन तारा ल्याएर तिमीलाई दिन
तर तिम्रो अनुहारको मुस्कान
कहिल्यै फिका हुन दिने छैन
गाउन सक्दिन म
तिम्रो लागि प्रेमील गीतहरू
तर तिम्रो लागि कविता जरुर
लेख्न सक्छु,
दिन सक्दिन होला
 म तिमीलाई 
तिमीले चाहे जति समय
तर मैले लेख्ने हरेक कहानीमा 
तिमीलाई सामेल जरुर गर्न सक्छु
तिमीलाई महँगा महँगा 
उपहारहरु पनि दिन सक्दिन 
तर तिमी बिरामी हुँदा 
तिम्रै नजिक बसेर तिमीलाई 
तातो पानी पिलाउन सक्छु 
अँ अनि सुन
म तिमीलाई गुलाब पनि दिन सक्दिन
किन कि फुल लाई बोट सँग
अलग गर्ने हिम्मत 
छैन म मा, 
तर बाचा गर्छु
तिम्रो नाम मा एक फूल 
मेरो घरको छत को गमला मा 
अवश्य लगाउने छु 
आउ तिमी र मिलेर हामी बनौ
तिम्रो र मेरो दुई मुटु को एक धड्कन बनाउँ
यदि तिमीलाई कल्पना ले भरिएका 
झूटा बाचाहरु होइन
मेरो वास्तविक प्रेम स्वीकार छ भने

©Prabin Chhettri

#sad_quotes

108 View

#नारी #mothers_day  White #नारी
आफु जन्मिएर हुर्किएको घर छोड्न सक्ने, पराइको घरलाई आफ्नो मानेर श्रिङ्गार्न सक्ने, इज्जत राख्न सक्ने, पराइको आमाबाबुलाई आफ्नो मानेर सेवा अनि सम्मान गर्नसक्ने, पराइको छोरालाई आफ्नो जिन्दगी, सम्पत्ति र सर्वस्व मानेर जिउन सक्ने, माया गर्ने, उसले गरेको माया मात्रै होइन कहिलेकाही घृणा र गाली पनि सहेर सम्बन्ध जोगाउने, कहिले आमा, कहिले पत्नी, कहिले नोकर बन्न सक्ने , उसको वंश चलाउने, उसको मात्रै होइन समाजको अघि पनि असल नारी बनेर सहनशीलताको प्रतिमुर्ति बनेर, आफ्नो रिसलाई पैताला मुनी राखेर, आफ्नो खुसीलाई सजाएर त कतै दबाएर लुकाएर पनि मुस्कुराइदिन सक्ने, एक चिम्टि सिन्दुर अनि एक डोरो पोतेको भरमा आफ्नो सारा जिन्दगी उसैसँग बिताउन सक्ने नारी कति महान छिन है । तरपनि कतिपयले यस्तो कुरालाई ख्यालै गर्दैनन् र उल्टै उसैलाई रुवाउछन । कतै उहीँ नारी नारीको रुपमा कलङ्क भएर निस्किन्छन ।  

✍️प्रविन भट्टराई 
रिम्बिक, दार्जिलिङ

©Prabin Chhettri

#mothers_day happy mother+'s day❤️

99 View

ध्यान आफ्नो लक्ष्यमा देऊ किनभने अन्त्यमा तिम्रो सुन्दरताले भन्दा सफलताले अर्थ राख्छ..💐💜 ©Prabin Chhettri

#loveshayari  ध्यान आफ्नो लक्ष्यमा देऊ किनभने अन्त्यमा तिम्रो सुन्दरताले भन्दा सफलताले अर्थ राख्छ..💐💜

©Prabin Chhettri

ध्यान आफ्नो लक्ष्यमा देऊ किनभने अन्त्यमा तिम्रो सुन्दरताले भन्दा सफलताले अर्थ राख्छ..💐💜 ©Prabin Chhettri

7 Love

#hibiscussabdariffa #loveshayari  हरेक रातको कथा 

आखा थाकेका छन् तिम्रा, तर निद्रा पट्कै छैन,
बोल्ने खासै कोही छैन, यही फोनमा यता उता गर्दै हेर्दै,
केही त छ मनमा, खुसी त छैनौ तिमी,
तर कसैले के कुराले टेन्सन छ भनेर सोधे पनि उत्तर छैन तिमी सँग, ठिकै छ भन्छौ, बस् एक्लो छौ, खुसी छैनौ,
आजकल न केही गर्ने जाँगर छ, न कसै सँग बोल्ने मन,
त्यो कपडा पट्याएर नराखेको कति भयो? त्यो कोठा नमिलाको नि? आफूले आज त राम्रो भएर निस्कन्छु नभनेको?कति भयो त्यो बन्द अध्यारो कोठ बाट ननिस्किएको?
आजकल त दुखी हुँदा पनि रून आउदैन तिमीलाई,

एकपटक केही वर्ष पछाडि फर्केर हेर त? फरक थियौ तिमी, तेति धेरै बोल्ने, बोलेर नथाक्ने, रमाउने, घुम्ने, साथीहरू भेट्ने, सबै गर्ने तिमी,
अनि..... अहिले के भयो?😔💔

©Prabin Chhettri

हरेक रातको कथा आखा थाकेका छन् तिम्रा, तर निद्रा पट्कै छैन, बोल्ने खासै कोही छैन, यही फोनमा यता उता गर्दै हेर्दै, केही त छ मनमा, खुसी त छैनौ तिमी, तर कसैले के कुराले टेन्सन छ भनेर सोधे पनि उत्तर छैन तिमी सँग, ठिकै छ भन्छौ, बस् एक्लो छौ, खुसी छैनौ, आजकल न केही गर्ने जाँगर छ, न कसै सँग बोल्ने मन, त्यो कपडा पट्याएर नराखेको कति भयो? त्यो कोठा नमिलाको नि? आफूले आज त राम्रो भएर निस्कन्छु नभनेको?कति भयो त्यो बन्द अध्यारो कोठ बाट ननिस्किएको? आजकल त दुखी हुँदा पनि रून आउदैन तिमीलाई, एकपटक केही वर्ष पछाडि फर्केर हेर त? फरक थियौ तिमी, तेति धेरै बोल्ने, बोलेर नथाक्ने, रमाउने, घुम्ने, साथीहरू भेट्ने, सबै गर्ने तिमी, अनि..... अहिले के भयो?😔💔 ©Prabin Chhettri

#hibiscussabdariffa #loveshayari  हरेक रातको कथा 

आखा थाकेका छन् तिम्रा, तर निद्रा पट्कै छैन,
बोल्ने खासै कोही छैन, यही फोनमा यता उता गर्दै हेर्दै,
केही त छ मनमा, खुसी त छैनौ तिमी,
तर कसैले के कुराले टेन्सन छ भनेर सोधे पनि उत्तर छैन तिमी सँग, ठिकै छ भन्छौ, बस् एक्लो छौ, खुसी छैनौ,
आजकल न केही गर्ने जाँगर छ, न कसै सँग बोल्ने मन,
त्यो कपडा पट्याएर नराखेको कति भयो? त्यो कोठा नमिलाको नि? आफूले आज त राम्रो भएर निस्कन्छु नभनेको?कति भयो त्यो बन्द अध्यारो कोठ बाट ननिस्किएको?
आजकल त दुखी हुँदा पनि रून आउदैन तिमीलाई,

एकपटक केही वर्ष पछाडि फर्केर हेर त? फरक थियौ तिमी, तेति धेरै बोल्ने, बोलेर नथाक्ने, रमाउने, घुम्ने, साथीहरू भेट्ने, सबै गर्ने तिमी,
अनि..... अहिले के भयो?😔💔

©Prabin Chhettri
#romance #Quotes

#romance

27 View

Trending Topic