swary dhungel

swary dhungel

  • Latest
  • Popular
  • Video

White अमावस्याको रात जस्तै भएको छ जीन्दगी तिमी पूर्णिमाको जुन जस्तै भएर आउँनु है! ❣️ ©swary dhungel

#शायरी #Moon  White अमावस्याको रात जस्तै भएको छ जीन्दगी 
तिमी पूर्णिमाको जुन जस्तै भएर आउँनु है! 






❣️

©swary dhungel

#Moon

14 Love

White छोरीको चिठ्ठी बा, कहिले फर्की आउनू हुन्छ ? बा, हजुरलाई सन्चै छ नी ? हरेक दिन जब घामले धर्तीको पाउ टेक्छ जब साँझ रात्रीको यात्रामा हुन्छ हजुरको यादहरूले लुका-छुपि खेल्छन् थाहा छ मलाई..त्यो खाडीमा पैसा फल्ने रूख हूंदैनन बा, हाम्रा सपना हरूले सागरमाथाको चुचूरो छुँदा हजुरको गालाहरुले सोनाली जयन्ती विदेशमै मनाएर वस्ने भएनी ... बा मेरो देशले अझै पनि सोताकी छोरी होस् भन्न खोज्छ तर मैले न्यायाधीशलाई डोकोभरी प्रमाण दिएकी छु सायद अब मेरो देशलाई होस् फर्किन्छ कि! बा, हाम्रो तल्लो बारीले तपाईंलाई खोजें जस्तै गर्छ... सायद तपाईंकै पर्खाईमा छ .... अनि काली गाईको पाख्रे बाछो ठूलो भयोनी .... गाईगोठ पनि सुस्ताएको छ हजुरको यादमा ... हजुरलाई थाहा छ पल्ला घरे सालदाई जस्ले आफ्नो सारा सम्पत्ति धितोमा राखेर साइँली भाउजुलाई अधिवक्ता बनाएको थियो नि अहिले साइँली भाउजुले दाईको नामको सिन्दुर अरुलाईनै बसाई सारि दिनुभएछ ... सालदाईले न्याय पाउलान् बा ??? बा हजूरलाइ थाहा छ ! बसन्त देखि शिशिरसम्म म एउटा राजनीतिविदको खोजमा निस्केकी केवल निरासाको बादल लिएर आए ! बा ! यहाँ त उहिलेको झैं धर्म ,जाति ,भाषामा सत्ता किनिन्छ , सत्ता साटिन्छ ! लोकतन्त्र केवल संविधानमा सजिएको छ! खोक्रो भएको छ राजनीति , भोकले देश रोएको छ ! बा म देशको भविष्य बदल्न सकुम्ला? मेरै देशमा सबैको बा र बा को परिवारलाई राख्न सकुम्ला ! बा अव आफ्नै देशमा आईदिनुहोस्न है । आफ्नै देशमा निर्भरशीलहौन है । छिट्टै विपनामा देख्ने आशामा कुरि रहेकी छु इति तपाईंकी छोरी । ©swary dhungel

#fatherdaughterlove #कविता #nepali  White छोरीको चिठ्ठी 

बा,  कहिले फर्की आउनू हुन्छ ?
बा, हजुरलाई सन्चै छ नी ? 
हरेक दिन जब घामले धर्तीको पाउ टेक्छ 
जब साँझ रात्रीको यात्रामा हुन्छ 
हजुरको यादहरूले लुका-छुपि खेल्छन्
थाहा छ मलाई..त्यो खाडीमा पैसा फल्ने रूख हूंदैनन
बा, हाम्रा सपना हरूले सागरमाथाको चुचूरो छुँदा
हजुरको गालाहरुले सोनाली जयन्ती विदेशमै 
मनाएर वस्ने भएनी ...
बा मेरो देशले अझै पनि सोताकी छोरी होस् भन्न खोज्छ
तर मैले न्यायाधीशलाई डोकोभरी प्रमाण दिएकी छु 
सायद अब मेरो देशलाई होस् फर्किन्छ कि!
बा, हाम्रो तल्लो बारीले तपाईंलाई खोजें जस्तै गर्छ...
सायद तपाईंकै पर्खाईमा छ ....
अनि काली गाईको पाख्रे बाछो ठूलो भयोनी ....
गाईगोठ पनि सुस्ताएको छ हजुरको यादमा ...
हजुरलाई थाहा छ पल्ला घरे सालदाई
जस्ले आफ्नो सारा सम्पत्ति धितोमा राखेर
साइँली भाउजुलाई अधिवक्ता बनाएको थियो नि 
अहिले साइँली भाउजुले दाईको नामको सिन्दुर
अरुलाईनै बसाई सारि दिनुभएछ ...
सालदाईले न्याय पाउलान् बा ???
बा हजूरलाइ थाहा छ !
बसन्त देखि शिशिरसम्म म एउटा राजनीतिविदको
खोजमा निस्केकी केवल निरासाको बादल  
लिएर आए !
बा ! यहाँ त  उहिलेको झैं धर्म ,जाति ,भाषामा 
सत्ता किनिन्छ , सत्ता साटिन्छ ! 
लोकतन्त्र केवल संविधानमा सजिएको छ! 
खोक्रो भएको छ राजनीति ,
भोकले देश रोएको छ ! 
बा म देशको भविष्य बदल्न सकुम्ला? 
मेरै देशमा सबैको बा र बा को परिवारलाई राख्न सकुम्ला ! 
बा अव आफ्नै देशमा आईदिनुहोस्न है ।
आफ्नै देशमा निर्भरशीलहौन है ।
छिट्टै विपनामा देख्ने आशामा 
कुरि रहेकी छु 
इति 
तपाईंकी छोरी ।

©swary dhungel

#fatherdaughterlove#nepali......#poetry

12 Love

#कविता #nepalipoem #samay  तिमी त एकैछिन नपर्खी गएछौ....
समय भन्दा  हतार तिमीलाई रहेछ
मलाई भन्छौ तिमी ढिलो आएउ 
फाल्गुन हुन्थे भने सायद समयमा आउँथे होला
तर म त ...........
तिमी भन्दा त तिम्रा यादहरु आफन्त लाग्छन् मलाई
तिमी नआउँदा पनि हुन्छ तर ...
तिम्रा यादहरूलाई म सँगै छोडिदेऊ है....
अर्को जुनीमा बियाजसमेत फिर्ता गराईदिनेछु ।

-

©swary dhungel

ए आकाश ए आकाश नरोउ यसरी फेरि म पनि रुन्छु बेसरी । तिम्रा अव्यक्त पीडाहरू ह्रदयमा लुकाएर राख .. तिम्रा अश्रुका धारामा मेरी पृथ्वी डुब्दै छिन् तिम्रा आँशुले सुनामी ल्याएको छ ....... तिमी बुझ्दैनौ किन ? ए आकाश नरोउ यसरी फेरि म पनि रुन्छु बेसरी । सुर्यको अनुहार हेर्न पर्खेका हजारौं जीवलाई के उत्तर दिन्छौं रोएका छन् यहाँ हर आँखा ई आँशुलाई कसरी रोक्छौ न घर न कार्यलय न मन्दिर न मस्जिद न बाटो न घाटो न जीन्दगी न साँस भएको छ यो सन्सार र यसको उत्तरदायी तिमी हौ ए आकाश नरोउ यसरी फेरि म पनि रुन्छु बेसरी। म मान्दै मान्दिन यी आँशु तिम्रा खुसीका भनेर , सुर्यलाई जीतेको उल्लास भनेर, कतै अन्न रोएकी छिन् भने, कतै खाली भूँडी रूदै छन् कतै किसान रोएका छन् कतै खेती रूदै छन् भो भयो अब.... ए आकाश नरोउ यसरी फेरि म पनि रुन्छु बेसरी। ©swary dhungel

#fullmoon  ए आकाश

ए आकाश नरोउ यसरी 
फेरि म पनि रुन्छु बेसरी । 
तिम्रा अव्यक्त पीडाहरू 
ह्रदयमा लुकाएर राख ..
तिम्रा अश्रुका धारामा 
मेरी पृथ्वी डुब्दै छिन् 
तिम्रा आँशुले सुनामी 
ल्याएको छ .......
तिमी बुझ्दैनौ किन ? 
ए आकाश नरोउ यसरी
फेरि म पनि रुन्छु बेसरी ।
सुर्यको अनुहार हेर्न पर्खेका 
हजारौं जीवलाई के उत्तर दिन्छौं
रोएका छन् यहाँ हर आँखा 
ई आँशुलाई कसरी रोक्छौ
न घर न कार्यलय 
न मन्दिर न मस्जिद
न बाटो न घाटो 
न जीन्दगी न साँस 
भएको छ यो सन्सार 
र यसको उत्तरदायी तिमी हौ 
ए आकाश नरोउ यसरी 
फेरि म पनि रुन्छु बेसरी।
म मान्दै मान्दिन यी आँशु 
तिम्रा खुसीका भनेर ,
सुर्यलाई जीतेको उल्लास भनेर,
कतै अन्न रोएकी छिन् भने,
कतै खाली भूँडी रूदै छन् 
कतै किसान रोएका छन्
कतै खेती रूदै छन् 
भो भयो अब....
ए आकाश नरोउ यसरी
फेरि म पनि रुन्छु बेसरी।

©swary dhungel

#fullmoon

11 Love

शिशीरले दिएको अव्यक्त व्यथा छोप्न हरियो च्यादर लिएर आइदिए वसन्त । खाली मेरो सिउँदो सजाउन भनि इन्द्रेणीको रंग लिएर आइदिए वसन्त। मलाई रोमान्चित पार्नलाई नै होला सायद हावा र वर्षा लिएर आइदिए वसन्त । हजारौं जुनी सम्म सम्बन्ध गाँस्न वसाई सरेर आइदिए वसन्त । रुखिएको जीन्दगीमा अलिकति माया र झोला भरी खूशी वोकेर आइदिए वसन्त । ©swary dhungel

#together  शिशीरले दिएको अव्यक्त व्यथा छोप्न 
हरियो च्यादर लिएर आइदिए वसन्त ।
खाली मेरो सिउँदो सजाउन भनि 
इन्द्रेणीको रंग लिएर आइदिए वसन्त।
मलाई रोमान्चित पार्नलाई नै होला सायद
हावा र वर्षा लिएर आइदिए वसन्त ।
हजारौं जुनी सम्म सम्बन्ध गाँस्न 
वसाई सरेर आइदिए वसन्त ।
रुखिएको जीन्दगीमा अलिकति माया र
झोला भरी खूशी वोकेर आइदिए वसन्त ।

©swary dhungel

#together

8 Love

Good Morning quotes in Hindi संस्कृतिको विश्वयुद्ध हराएको छ आफ्नै अस्तित्व, खोज्दै छू आफ्नै परिचय म त आफन्तमा नचिन्ने भैछू .. जब मेरो शहरमा पश्चिमी अप्सराले बारूद सल्काउन थालीन् । म जल्दै खरानी हुँदै गए , मेरो सन्सार हेर्दा हेर्दै चुरोटको धुवाँ झैं उढ्दै गयो.. सायद यो सन्सारमा मलाई न्याय दिने कुनै अदालतनै छैन होला ! किनकी न्यायाधीशहरु पनि त बेचिएकै होलान् पश्चिमी अप्सरा संग .. उनले सभ्यताको दियो जलाईन भन्छन् के म असभ्य थिए त ? उनीले खै कुन आधूनिकताको अमृत रसपान गराउन सफल भैन ? मेरै घरबाट मलाई लात्तीले प्रहार गरे ! धैर्यताको यात्रा पनि लामो रह्यो लाग्छ समय पनि म सँगै घाईते भैदियो । अब म एउटा युद्धको घोषणा गर्दछु ... मेरो भाषा बनाम उनीको भाषा मेरो पहिरन बनाम उनीको पहिरन मेरा रितीरिवाज बनाम उनीको रितिरिवाज थाहाँ छैन जीत कस्को हुन्छ .....? तर त्यो युद्ध लेखिनेछ इतिहासमा नीलो अक्षरले संस्कृतिको विश्वयुद्ध भनेर ।। ©swary dhungel

#Motivational #droplets  Good Morning quotes in Hindi संस्कृतिको विश्वयुद्ध 

हराएको छ आफ्नै अस्तित्व,
खोज्दै छू आफ्नै परिचय 
म त आफन्तमा नचिन्ने भैछू ..
जब  मेरो शहरमा पश्चिमी अप्सराले
 बारूद सल्काउन थालीन् ।
म जल्दै खरानी हुँदै गए ,
मेरो सन्सार हेर्दा हेर्दै 
चुरोटको धुवाँ झैं उढ्दै गयो..
सायद यो सन्सारमा मलाई न्याय 
दिने कुनै अदालतनै छैन होला !
किनकी न्यायाधीशहरु पनि त 
बेचिएकै होलान् पश्चिमी अप्सरा संग ..
उनले सभ्यताको दियो जलाईन भन्छन् 
के म असभ्य थिए त ?
उनीले खै कुन आधूनिकताको
अमृत रसपान गराउन सफल भैन ?
मेरै घरबाट मलाई लात्तीले प्रहार गरे !
धैर्यताको यात्रा पनि लामो रह्यो 
लाग्छ समय पनि म सँगै घाईते भैदियो ।
अब म एउटा युद्धको घोषणा गर्दछु ...
मेरो भाषा बनाम उनीको भाषा 
मेरो पहिरन बनाम उनीको पहिरन 
मेरा रितीरिवाज बनाम उनीको रितिरिवाज 
थाहाँ छैन जीत कस्को हुन्छ .....? 
तर त्यो युद्ध लेखिनेछ इतिहासमा 
नीलो अक्षरले संस्कृतिको विश्वयुद्ध भनेर ।।

©swary dhungel

#droplets

10 Love

Trending Topic